PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

विराटनगर अपडेटः प्रमुखमा नागेश र उपप्रमुखमा शिल्‍पाको अग्रता कायमै



पहिलोपोस्ट

विराटनगर अपडेटः प्रमुखमा नागेश र उपप्रमुखमा शिल्‍पाको अग्रता कायमै

विराटनगरः विराटनगर महानगरपालिकामा प्रमुख पदका नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला आफ्ना प्रतिद्वन्द्वी एमालेका सागर थापाभन्दा एक हजार ६१० ले अगाडि बढेका छन्।

साँझ ६:४५ मा घोषणा गरिएको परिणाममा १८ हजार ६४ मतगणना गर्दा कोइरालाले अग्रता जारी राखेका हुन्। कोइरालाले ५ हजार ६९३ मत प्राप्त गर्दा थापाले ४ हजार ८३ मत ल्याएका छन्।

प्रमुख पदमै स्वतन्त्र उम्मेदवार उमेश यादवले १ हजार ९७४ मत पाएका छन्। त्यस्तै उपप्रमुखमा एमालेकी शिल्पा निराला कार्कीले पनि आफ्नो अग्रता कायमै राखेकी छन्।

कार्कीले ४ हजार ६८७ मत ल्याउँदा गठबन्धनका अमरेन्द्र यादवले ३ हजार ३६१ मत पाएका छन्। उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले १ हजार ७८ मत प्राप्त गरेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell