PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी, तिलागुफामा कांग्रेस-एमाले गठबन्धनको जित



रासस

खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी, तिलागुफामा कांग्रेस-एमाले गठबन्धनको जित

मान्म : कालीकोटका नौ स्थानीय तहमध्ये दुई वटा नगरपालिकाको मत परिमाण सार्वजनिक भएको छ। दुई नगरपालिकाको चुनावी नतिजाअनुसार खाँडाचक्र नगरपालिका स्वतन्त्र उम्मेदवार र तिलागुफा नगरपालिका नेपाली कांग्रेसका उम्मेदवार प्रमुख पदमा निर्वाचित भएका छन्।

खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका कमल बहादुर शाही नगर प्रमुखमा विजयी भएका हुन्। उनले २७९७ मत पाए भने उनका प्रतिस्पर्धी पूर्व नगर प्रमुख तथा एमालेका पार्टी जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेले २३६६ मत पाए। उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का गणेश बहादुर शाही विजयी भएका छन्। उनी २५१५ मत ल्याएर विजय भएका हुन्।

त्यस्तै, तिलागुफा नगरपालिकाको प्रमुखमा कांग्रेसका शङ्कर प्रसाद उपाध्याय २९१६ मत ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिनेश चदाँराले २५४० मत ल्याए।

उपप्रमुखमा नेकपा (एमाले)का महेन्द्र बहादुर शाही २७५६ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गीताकुमारी वली (थापा)ले २४१६ मत ल्याइन्। यस नगरपालिकामा कांग्रेस र एमालेको गठबन्धन रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell