PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

टोखा नगरपालिकामा कांग्रेसकी उम्मेदवार रजनी थापाको मत अगाडि



पहिलोपोस्ट

टोखा नगरपालिकामा कांग्रेसकी उम्मेदवार रजनी थापाको मत अगाडि

काठमाडौः काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेवार रजनी थापाले अग्रता लिएकी छिन्। स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज १४ हजार १८६ मत गणना हुँदा कांग्रेसकी उम्मेदवार थापाले ५ हजार ५६० मत ल्याई अग्रता लिएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार प्रकाश अधिकारीले ५ हजार ३५८ मत प्राप्त गरेको टोखाका निर्वाचन अधिकृत सविता शर्माले जानकारी दिइन्।

यस्तै, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै उम्मेदवार मुरारी तामाङले अग्रता लिएका छन्। तामाङले पाँच हजार ५१७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ज्ञानमायाँ डङ्गोलले पाँच हजार ५१ मत प्राप्त गरेका छन्।

टोखाको हालसम्म पाँचवटा वडाको मतगणना सम्पन्न भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell