PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

मतगणनाको सुरुदेखि नै अग्रता बनाएका बालेन साहको रेकर्ड काठमाडौं महानगरमा कायमै



पहिलोपोस्ट

मतगणनाको सुरुदेखि नै अग्रता बनाएका बालेन साहको रेकर्ड काठमाडौं महानगरमा कायमै

काठमाडौः काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारले नै अग्रता कायमै राखेका छन्। केही समयअघि प्राप्त मतपरिणाम अनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ६ हजार ३९८ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन्।

त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले तीन हजार ३४७ र नेपाली कांग्रेसका सिर्जना सिंहले दुई हजार ९६७ मत प्राप्त गरेको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए।

एमालेको तर्फबाट उपप्रमुख पदका उम्मेदवार सुनिता डङ्गोलले ६ हजार ५५७, उपप्रमुखकै लागि नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले एक हजार ८५५ मत प्राप्त गरेका हुन्। हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा ६ स्थानबाट कामपाको मत गणना कार्य भइरहेको छ। अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मत गणना कार्य जारी छ। वडा नम्बर १ र २ को मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell