PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

रोल्पाको माडीमा कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै माओवादी केन्द्र-एकीकृत समाजवादी गठबन्धन विजयी



रासस

रोल्पाको माडीमा कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै माओवादी केन्द्र-एकीकृत समाजवादी गठबन्धन विजयी

रोल्पा : रोल्पाको माडी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का अमरसिंह घर्तीमगरले तीन हजार ८३० मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजय कुमार घर्ती मगरले तीन हजार ३७१ मत प्राप्त गरे।

गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकै जय पुरी घर्ती मगर तीन हजार ९६६ मत प्राप्त गरी विजयी भइन्। उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्णबहादुर विकले तीन हजार ५० मत प्राप्त गरे।

सो गाउँपालिकाको वडा नम्बर १, २, ४, ५ र ६ मा माओवादी केन्द्र र वडा नम्बर ३ मा नेकपा (एकीकृत समाजवादी)ले विजयी हासिल गरेका छन्। माडी गाउँपालिकामा कांग्रेस-एमाले-स्वतन्त्र र माओवादी केन्द्र-एकीकृत समाजवादीले गठबन्धन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell