PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

कीर्तिपुरको प्रमुख र उपप्रमुख दुबैमा कांग्रेस विजयी, एक वडाबाहेक सबैमा ‘क्लिनस्वीप’



पहिलोपोस्ट

कीर्तिपुरको प्रमुख र उपप्रमुख दुबैमा कांग्रेस विजयी, एक वडाबाहेक सबैमा ‘क्लिनस्वीप’
फोटोः केदार मानन्‍धर

काठमाडौँः काठमाडौँको कीर्तिपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुबैमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा राजकुमार नकर्मी ९ हजार ४३ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत पाएका छन्। 

उपप्रमुखका कांग्रेसकी शुभलक्ष्मी शाक्य आठ हजार ६६५ मतसहित विजयी भइन्। एमालेकी बिन्दु महर्जनले सात हजार २०६ मत पाइन्। 
कीर्तिपुरमा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) ले छुट्टाछुट्टै उम्मेदवार उठाएका थिए। 

नगरमा कांग्रेसले दश वडामा ९ वडाध्यक्ष समेत जितेको छ। वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी निर्वाचित भएका छन्। अन्य वडामा कांग्रेसले क्लिनस्वीप गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell