PahiloPost

Jun 16, 2026 | २ असार २०८३

मुगुम कार्मारोङ्गको अध्यक्षमा लामा दोस्रो कार्यकालका लागि निर्वाचित



रासस

मुगुम कार्मारोङ्गको अध्यक्षमा लामा दोस्रो कार्यकालका लागि निर्वाचित

मुगु : मुगुका चारवटा स्थानीय तहमध्ये मुगुम कार्मारोङ्ग गाउँपालिकाको मत गणना सम्पन्न भएको छ। सो गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार छिरिङ क्याप्ने लामा विजयी भएका छन्।

उनी एक हजार ५७१ मत प्राप्त गरी विजयी हुँदै गर्दा उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सोनाम छिरिङ लामाले एक हजार ४८१ मत प्राए।

उपाध्यक्षमा एमालेबाट छिरिङ पुटी लामाले एक हजार ५६१ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का गुरु स्याङ्ग्याप लामाले एक हजार ३८५ मत ल्याएको निर्वाचन अधिकृत ताराप्रसाद पोखरेलले जानकारी दिए। अध्यक्षले ९० मत र उपाध्यक्षले १७६ मतको अन्तरले निकटतम प्रतिद्वन्द्वीलाई पराजित गरेका हुन्।

अध्यक्षमा निर्वाचित लामा २०७४ सालको स्थानीय निर्वाचनमा पनि कांग्रेसबाट अध्यक्षको उम्मेदवार हुँदै निर्वाचित भएका थिए। निर्वाचित भएसँगै यो उनको दोस्रो कार्यकाल रहनेछ।

गाउँपालिकाका नौ वडाहरूमध्ये ५ वडामा कांग्रेस र ४ वडामा एमालेले जित हासिल गरेका छन्। यो गाउँपालिकामा चार हजार ३१ मतदाता रहेका थिए। जिल्लाको अन्य एक नगरपालिका र दुई गाउँपालिकामा मत गणना जारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell