PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

पर्वतको पैयुँ गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी



पहिलोपोस्ट

पर्वतको पैयुँ गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

पर्वतः पर्वतको पैयुँ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी विजयी भएका छन्। मल्लले तीन हजार ८२४ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का अध्यक्ष पदका उम्मेदवार महेन्द्र श्रेष्ठले तीन हजार ३८० मत ल्याएर पराजित भएका हुन्।

त्यस्तै उपाध्यक्षमा भने एमालेका उम्मेदवार यामकुमारी राना विजयी भएकी छिन्। रानाले तीन हजार ७७७ मत पाएकी छिन्।  उनकी प्रतिद्वन्द्वी उपाध्यक्षका उम्मेदवार कांग्रेसका जानकी प्रधानले तीन हजार ४५८ मत पाइन।

पैयुँ गाउँपालिकामा ७ वटा वडा रहेका छन्। जसमा १ र ७ भोर्लेमा कांग्रेस विजयी भएको छ भने बाँकी ५ वटा वडामा एमाले विजयी भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell