PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

फेदीखोला गाउँपालिकामा एमालेका सुवेदी दोस्रो कार्यकालका लागि निर्वाचित



पहिलोपोस्ट

फेदीखोला गाउँपालिकामा एमालेका सुवेदी दोस्रो कार्यकालका लागि निर्वाचित

स्याङ्जाः स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का घनश्याम सुवेदी विजयी भएका छन्। नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गर्दै सुवेदी विजयी भएका हुन्।

अध्यक्षमा निर्वाचित सुवेदीले तीन हजार ८३६ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी कांग्रेसका बरालले तीन हजार ७०४ मत प्राप्त गरे।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ विजयी भएकी छिन्। गुरुङले माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई एक हजार ५९९ मतले पछाडि पार्दै उपाध्यक्षमा विजयी भएकी हुन्।

एमालेकी देउकुमारी गुरुङले तीन हजार ९७८ मत प्राप्त गरेकी छिन। माओवादी केन्द्रका पराजुलीले दुई हजार ३७९ मत प्राप्त गरेका छन्।

फेदीखोला गाउँपालिकामा १२ हजार १६५ जना मतदाता रहेकोमा आठ हजार १३९ जनाले मतदान गरेका थिए। २०७४ को स्थानीय तह निर्वाचनमा विजयी हुनुभएका सुवेदी यसपटक पुनः गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell