PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

भरतपुर महानगरपालिकामा रेनु दाहाल झिनो मतले अगाडि



पहिलोपोस्ट

भरतपुर महानगरपालिकामा रेनु दाहाल झिनो मतले अगाडि

काठमाडौः भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनःअग्रता लिएको छ। गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले पाँच हजार ६६ मतका साथ अग्रता लिएकी हुन्।

नेकपा एमालेका विजय सुवेदीले पाँच हजार ५६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ३७९ मत प्राप्त गरेका छन्। उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ८३ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङ्ले चार हजार ६९ मत पाएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell