PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

काठमाडौँमा बालेन र सुनिताको फराकिलो अग्रता, कसको मत कति?



पहिलोपोस्ट

काठमाडौँमा बालेन र सुनिताको फराकिलो अग्रता, कसको मत कति?

काठमाडौँः काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायम राखेका छन्। महानगरका दुई वडाको गणना सकिएको छ। वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसकेको छ। अन्य ३, ४, ५, ६, ३१ र ३२ गणना जारी छ। 

निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो जानकारी अनुसार १८ हजार ४०२ मतगणना भइसकेको छ। जसमा साहले सात हजार ९६ मत पाएका छन्। 

दोस्रो स्थानमा एमालेका उम्मेदवार केशव स्थापितले तीन हजार ७८५ मत पाएका छन्। सत्ता गठबन्धनका तर्फबाट कांग्रेसकी सृजना सिंहले तीन हजार २९८ मत पाएकी छिन्। 

उपमेयरमा एमालेकी सुनिता डंगोलले अग्रता कायम राखेकी छिन्। डंगोलले सात हजार २४६ मत पाएकी छिन्। गठबन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले दुई हजार १२ मत पाएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell