PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

काठमाडौं महानगरपालिकामा १८ हजार मतगणना गर्दा बालेन साहको मत प्रतिस्पर्धीकोभन्दा दोब्बर



पहिलोपोस्ट

काठमाडौं महानगरपालिकामा १८ हजार मतगणना गर्दा बालेन साहको मत प्रतिस्पर्धीकोभन्दा दोब्बर

काठमाडौः काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारले नै अग्रता कायमै राखेका छन्। १८ हजार ४ सय २ मतगणना हुँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ७ हजार ९६ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन्।

त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले तीन हजार ७८५ र नेपाली कांग्रेसका सिर्जना सिंहले तीन हजार २९८ मत प्राप्त गरेकी छिन्।

एमालेको तर्फबाट उपप्रमुख पदका उम्मेदवार सुनिता डङ्गोलले ७ हजार २४६, उपप्रमुखकै लागि नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले दुई हजार १२ मत प्राप्त गरेका हुन्।

हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा ६ स्थानबाट कामपाको मत गणना कार्य भइरहेको छ। अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मत गणना कार्य जारी छ। वडा नम्बर १ र २ को मत परिणाम यसअघि नै सार्वजनिक भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell