
काठमाडौः काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारले नै अग्रता कायमै राखेका छन्। १८ हजार ४ सय २ मतगणना हुँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ७ हजार ९६ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन्।
त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले तीन हजार ७८५ र नेपाली कांग्रेसका सिर्जना सिंहले तीन हजार २९८ मत प्राप्त गरेकी छिन्।
एमालेको तर्फबाट उपप्रमुख पदका उम्मेदवार सुनिता डङ्गोलले ७ हजार २४६, उपप्रमुखकै लागि नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले दुई हजार १२ मत प्राप्त गरेका हुन्।
हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा ६ स्थानबाट कामपाको मत गणना कार्य भइरहेको छ। अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मत गणना कार्य जारी छ। वडा नम्बर १ र २ को मत परिणाम यसअघि नै सार्वजनिक भएको छ।