PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

सिन्धुपाल्चोकको भोटकोशी गाउँपालिका अध्यक्षमा कांग्रेसका पासाङ नोर्बु शेर्पा विजयी



पहिलोपोस्ट

सिन्धुपाल्चोकको भोटकोशी गाउँपालिका अध्यक्षमा कांग्रेसका पासाङ नोर्बु शेर्पा विजयी

काठमाडौँः सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका पासाङ नोर्बु शेर्पा निर्वाचित भएका छन्।

शेर्पाले २ हजार ६ सय ५ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले २ हजार ४८ मत ल्याएका हुन्। उपाध्यक्ष पदमा पनि कांग्रेसका दिछेन लामा विजयी भएका छन्। उनले २ हजार ७ सय १२ मत ल्याएका हुन्।

अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादीका राजकुमार पौडेलले अध्यक्षमा जित निकालेका थिए। पौडेल यसपटक पनि चुनावी मैदानमा थिए। तर उनले यसपटक १९१८ मत पाएर तेस्रोमै चित्त बुझाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell