PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जसपाका गम्बु शेर्पा निर्वाचित



पहिलोपोस्ट

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जसपाका गम्बु शेर्पा निर्वाचित

ओखलढुङ्गाः ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का गम्बु शेर्पा निर्वाचित भएका छन्। शेर्पाले नेपाली कांग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गरेका हुन्।

शेर्पाले दुई हजार ८८२ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले दुई हजार ७५२ मत पाए। एमालेका रामबहादुर खत्रीले एक हजार ७१५ मत प्राप्त गरे।

उपाध्यक्षमा कांग्रेसकी सुशीला तामाङ विजयी भएकी छिन्। उनले दुई हजार ८२४ मत ल्याएर विजयी हुँदा जसपाका उम्मेदवारले दुई हजार २४१ र एमालेको उम्मेदारका पक्षमा एक हजार ७१५ मत खसेको निर्वाचन अधिकृत विष्णुहरि बरालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell