PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बाह्रबिसेमा कांग्रेसका बस्नेत विजयी, एमालेका शेर्पा पराजित



पहिलोपोस्ट

बाह्रबिसेमा कांग्रेसका बस्नेत विजयी, एमालेका शेर्पा पराजित

काठमाडौँः सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका प्रमुखमा नेपाली कांग्रेसका बालकृष्ण बस्नेत विजयी भएका छन्। बस्नेत कांग्रे केन्द्रीय सदस्य मोहन बस्नेतका भाई हुन्।

एमाले उम्मेदवार निम्फुन्जो शेर्पालाई पराजित गर्दै बस्नेत विजयी भएका हुन्। निम्फुन्जो यसअघिका नगर प्रमुख समेत हुन्। निर्वाचनमा उनले फराकिलो पराजय ब्यहोरेका छन्।

बस्नेतले सात हजार ७२७ मत पाएका छन्। शेर्पाले पाँच हजार ४३३ मत पाए।

नगरको उपप्रमुखमा कांग्रेसकै मञ्जु तामाङ विजयी भएकी छिन्। एमालेकी सुशील पाख्रिनलाई पराजित गर्दै तामाङ विजयी भएकी हुन्। तामाङले ६ हजार ९७७ मत पाउँदा पाख्रिनले पाँच हजार ९९० मत पाइन्। सुशीला यसअघि नगरको उपप्रमुख थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell