
काठमाडौँः सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का गंगाबहादुर तामाङ विजयी भएका छन्। कांग्रेस उम्मेदवार सुभाष तिमिल्सिनालाई पराजित गर्दै तामाङ विजयी भएका हुन्।
तामाङले चार हजार ६६६ मत पाएका छन्। तिमिल्सिनाले चार हजार १०५ मत पाएका छन्।
उपाध्यक्षमा कांग्रेसकी सरु लामा तामाङ निर्वाचित भएकी छिन्। तामाङकी प्रतिस्पर्धी एमालेकी सपना थापाले तीन हजार ६३३ मत पाएकी छिन्।
आठमध्ये ६ वडामा पनि कांग्रेसले जित निकालेको छ।