PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

आर्सनल न्युक्यासलसँग पराजित



पहिलोपोस्ट

आर्सनल न्युक्यासलसँग पराजित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले न्युक्यासललाई हराएको छ। सेन्ट जेम्स पार्क स्टेडियममा सम्पन्न खेलमा आर्सनल घरेलु टोली न्युक्यासलसँग २-० गोलअन्तरले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा आर्सनलका बेन ह्वाइटले आत्मघाती गोल गर्दा न्युक्यासलले अग्रता बनाएको थियो। त्यस्तै ८५ औं मिनेटमा ब्रुनो गुइमरइसले गोल थप्दा न्युक्यासलले २-० ले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै ३७ खेलबाट ४६ अंक जोड्दै न्युक्यासल १२ औं स्थानमा उक्लिएको छ भने समान खेलबाट ६६ अंक जोड्दै पाँचौं स्थानमा रहेको आर्सनलको शीर्ष चारमा रहँदै लिग टुंग्याउन पनि कठिन बन्दै गएको छ। चौथो स्थानमा रहेको टोटेनहमको ६८ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell