PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दोस्रो खेलबाट पहिलो जितको खोजीमा नेपाल



पहिलोपोस्ट

दोस्रो खेलबाट पहिलो जितको खोजीमा नेपाल
तस्बिर: क्यान

काठमाडौं: सोमवारबाट सुरु भएको नेपाल र युगाण्डाको महिला टोलीको टी २० सिरिजको दोस्रो खेल आज हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दिउँसो १ बजे खेल हुनेछ।

पहिलो खेलमा पराजय ब्यहोरेको नेपाली टोली आज आफ्नो पहिलो जित निकाल्ने होडमा हुनेछ। पहिलो खेलमा युगाण्डाले नेपाललाई १२ रनले हराएको थियो।

सिरिजको तेस्रो जेठ ५ गते हुनेछ। यस्तै चौथो जेठ ६ गते र अन्तिम खेल जेठ ७ गते हुनेछ।

खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् टेलिभिजन र युट्युबमा ओएसआर स्पोर्ट्सले गर्नेछ। प्रतियोगितामा मैदान प्रवेश गर्नका लागि शुल्क नराखिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

नेपाली टोली

रुबिना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दु वर्मा, ज्योति पाण्डे, काजोल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, अस्मिना कर्माचार्य, संगिता राई, सबनम राई, रोमा थापा, सरिता मगर, हिरानमयी रोय, बिन्दु रावल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell