PahiloPost

Oct 31, 2025 | १५ कात्तिक २०८२

गुल्मीको धुर्कोटमा एमाले-माओवादी गठबन्धनका पोखरेल र गिरी विजयी



पहिलोपोस्ट

गुल्मीको धुर्कोटमा एमाले-माओवादी गठबन्धनका पोखरेल र गिरी विजयी

बुटवल: गुल्मीको धुर्कोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार विजयी भएको छन्।

पालिका अध्यक्षमा माओवादी केन्द्रका भुपाल पोखरेल विजयी भएका छन्। पोखरेलले छ हजार ८९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी चार दलीय गठबन्धनबाट कांग्रेसका महेन्द्र भण्डारीले चार हजार २६१ मत प्राप्त गरेका छन्। पोखरेल दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन्।

त्यसैगरी उपाध्यक्षमा एमाले–माओवादी गठबन्धनबाट एमालेकी सीता गिरी छ हजार १ मतसहित विजयी भएकी छिन्। उनका निकटतम प्रतिस्पर्धी चार दलीय गठबन्धनबाट एकीकृत समाजवादीका चन्द्र सुनारले तीन हजार ४८८ मत प्राप्त गरेको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन्।

धुर्कोटमा वडा नम्बर १, २, ४, ५, ६ र ७ वडामा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी भएका छन्। भने, वडा नम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell