PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रनिलको स्वीकारोक्ति : श्रीलंकामा एकदिनलाई मात्रै पेट्रोल बांकी, आउने केही महिना सबैभन्दा कठिन



पहिलोपोस्ट

रनिलको स्वीकारोक्ति : श्रीलंकामा एकदिनलाई मात्रै पेट्रोल बांकी, आउने केही महिना सबैभन्दा कठिन
Photo : Reuters

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा एकदिनलाई मात्रै इन्धन स्टक रहेको छ। श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री रनिल बिक्रमासिंघेले एक दिनलाई मात्रै पेट्रोल बांकी रहेको जनाएका हुन्। उनले इन्धनको संकट समाधान गर्न श्रीलंकालाई ७५ मिलियन अमेरिकी डलर आवश्यक रहने बताएका छन्।

महिन्द्रा राजापाक्षेले राजीनामा दिएपछि यसअघि ४ पटक प्रधानमन्त्री भइसकेका रनिललाई केही दिन अघि मात्रै प्रधानमन्त्री नियुक्त गरिएको हो।रनिलले भारतबाट इन्धन ल्याउन आफूहरुले प्रयास गरिरहेको समेत बताएका छन्।

श्रीलंकामा एक तिहाई बिजुली इन्धनबाट उत्पादिन हुने भन्दै उनले लोडसेडिङ बढ्ने बताएका छन्। दैनिक १५ घण्टासम्म अब बिजुली कटौती हुने उनले जानकारी दिएका छन्। उनले बिजुली संकटसँग जुध्न आर्थिक सहयोगका लागि प्रयोग थालिसकेको बताएका छन्।

यस्तै, खाना पकाउने ग्यास सबैलाई वितरण गर्न श्रीलंकालाई २० मिलिन अमेरिकी डलर चाहिने उनले बताएका छन्। ग्यासको सिपमेन्टको भुक्तानी गर्न आफूहरु प्रयासरत् रहेको रनिलको दाबी छ। श्रीलंकामा औषधिको अभाव पनि बढ्दो छ। औषधि उत्पादकलाई ३४ बिलियन अमेरिकी डलर तिर्न श्रीलंकाले बांकी छ।

उनले देशमा संकटबिच आफूलाई जिम्मेवारी दिइएको भन्दै सम्स्या र समाधानका उपायहरु खोजिरहेको बताएका छन्। आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न प्रयास गर्ने भन्दै उनले सबैलाई धैर्यता राख्न भनेका छन्। आर्ने केही महिना श्रीलंकालीका लागि जीवनकै कष्टकर क्षण हुन सक्ने रनिलले बताएका छन्।

 

'आगामी केही महिना हाम्रो जीवनको सबैभन्दा कठिन क्षण हुनेछ। मलाई सत्य लुकाउने र जनतासामु झुट बोल्ने रहर छैन' उनले भनेका छन्।'

श्रीलंकामा बढ्दो संकटबारे प्रधानमन्त्री रनिलको ट्वीटर थ्रेड



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell