PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

वीरगंजमा 'दबंग' उम्मेदवारको अग्रता कायमै : राजेशमान एमालेका सरावगीभन्दा ४ हजार मतले अगाडि



पहिलोपोस्ट

वीरगंजमा 'दबंग' उम्मेदवारको अग्रता कायमै : राजेशमान एमालेका सरावगीभन्दा ४ हजार मतले अगाडि

वीरगंज : वीरगंज महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ४ हजार बढी मतको अग्रता लिएका छन्। आज बिहानसम्मको मतपरिणाम अनुसार वडा नम्बर १, २, ३,४ र ३०, ३१, र ३२ को १४ हजार ४ सय ९६ मतगणना गर्दा सिंहले ७ हजार २ सय ४५ मत ल्याएर अग्रता लिइरहेका छन्। सिंह वीरगंजमा 'दबंग' उम्मेदवारले परिचित छन्।

नेकपा एमालेबाट मेयरका उम्मेदवार विजयकुमार सरावगीले ३ हजार ९५ मत ल्याएका छन्। सिंह ४ हजार १ सय ५० बढी मतको अग्रता लिएको निर्वाचन अधिकृतको कार्यालय वीरगंज महानगरपालिकाले जनाएको छ।

त्यसैगरी, मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार गिरिश गिरीले भने २४३ मत मात्र पाएका छन्।

महानगरको उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार इम्तियाज आलम ४ हजार ८८८ मतका साथ अग्रस्थानमा छन्। उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार पुरुषोत्तमलाल झाले ७७३ मतका साथ पछ्याइरहेका छन्।

स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले भने ५४६ मत र राप्रपाकी उपमेयर उम्मेदवार बिना जयसवाल कुर्मीले ३८१ मत पाएकी छन्।

अहिले वीरगंज महानगरको वडा नम्बर २ , ३ , ४ ,५ ,२९ र ३० को मतगणना जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell