PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

अग्रता लिएपछि राप्रपाका दीपक सिंहको प्रतिक्रिया : मकवानपुरका जनताले पार्टी ठुलो र सानो भनेर हेर्दैनन्



निशा गुरुङ

अग्रता लिएपछि राप्रपाका दीपक सिंहको प्रतिक्रिया : मकवानपुरका जनताले पार्टी ठुलो र सानो भनेर हेर्दैनन्

हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपाका दीपकबहादुर सिंहले अग्रता कायम गरेका छन्। मंगलवार बिहान २२ हजार ८ सय ५० मत गनिसक्दा सिंहको पक्षमा ८ हजार २ सय ६५ मत खसेको छ।

गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीका उम्मेदवार मिना लामा ८ हजार ६७ मतका साथ सिंहलाई पछ्याइरहेकी छन्।

यता नेकपा एमालेका अनन्त पौडेल भने ६ हजार ५ सय २१ मतसहित तेस्रो स्थानमा रहेका छन्।

जनताले दिएको मत पाइरहेकै छु

हेटौंडामा अग्रता कायम गरेका सिंहले आफूलाई जनताले पत्याएर नै मत दिएको बताएका छन्। अग्रता कायम गरेपछि उत्साहित सुनिएका उनले भने, 'मकवानपुरका जनता विभिन्न पार्टीबाट मैले पाउँछु भनेर मैले उम्मेदवारी दिएको हुँ। त्यो अनुसार मैले पाइ पनि रहेको छु।'

उनले सानो वा ठुलो पार्टी भन्दा पनि कुशल व्यक्तिलाई जनताले पत्याउने तर्क गरे। 'मलाई विश्वास छ मकवानपुरका जनताले पार्टी ठुलो र सानो भनेर हेर्दैन,' सिंहले भने, 'जल्ले मकवानपुरको विकासलाई समेटेर लैजाने क्यापेबल उम्मेदवार छ त्यल्लाई नै दिने हो। ठुलो पार्टीले जित्ने भन्ने छैन।'

अहिलेसम्म खोलेका बाकसबाट आफूले राम्रो मत पाइरहेको उनको भनाई छ। 'हेटौंडाका जनताले आफ्नो स्वतन्त्र मत अहिलेसम्म खोलेको बाकसबाट मैले पाएको छु। मालई विश्वास छ कुनै पार्टी या व्यक्ति या ठुलो वा सानो भन्दा पनि नगरपालिकालाई कसले निष्पक्ष चलाउन सक्छ त्यो मान्छेलाई जनताले दिन्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell