PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

आँबुखैरेनीको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी



पहिलोपोस्ट

आँबुखैरेनीको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

काठमाडौं : तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल निर्वाचित भएका हुन्।

अध्यक्ष चुमान तीन हजार ९४० मत प्राप्त गरि विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरे।

यस्तै, उपाध्यक्षमा अर्याल दुई हजार ८४८ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी कांग्रेसका पवित्रा गौलीले दुई हजार १८३ मत प्राप्त गरे।

६ वटा वडा रहेको आँबुखैरेनीमा माओवादीले तीन, कांग्रेसले दुई र एमालेले एक वडा जितेको छ। माओवादीले आँबुखैरेनी वडा नं १, २ र ५ मा विजय हासिल गरेको छ। कांग्रेसले वडा नं ३ र ४ मा विजय हासिल गरेको छ भने नेकपा एमालेले वडा नं ६ मा विजय हासिल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell