PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

भिमाद नगरपालिकामा एमालेलाई बहुमत, प्रमुखमा दधिराज र उपप्रमुखमा शारदा निर्वाचित



पहिलोपोस्ट

भिमाद नगरपालिकामा एमालेलाई बहुमत, प्रमुखमा दधिराज र उपप्रमुखमा शारदा निर्वाचित
तस्विर : इश्वरी सुवेदी धुर्ब

काठमाडौं : तनहुँको भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले विजय हासिल गरेको छ। गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रमुख, उपप्रमुख र बहुमत वडा एमालेले जितेको हो।

नगरप्रमुखमा दधिराज सुवेदी आठ हजार १२८ मत प्राप्त गरी विजयी भएका हुन्। प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का काजीमान श्रेष्ठले पाँच हजार ८५७ मत प्राप्त गरेका छन्।

यस्तै, उपप्रमुखमा एमालेकै शारदा खनाल सात हजार ६६७ मत प्राप्त गरी विजयी भएकी छिन्। प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मिलन आलेले सात हजार २०५ मत प्राप्त गरेका छन।

कूल २४ हजार ८८४ मतदाता रहेको नगरपालिकाको निर्वाचनमा १६ हजार १४९ मत खसेको थियो। भिमाद नगरपालिकाको वडा २, ३, ७, ८ र ९ एमालेले जितेको छ भने १, ४, ५, ६ वडा कांग्रेसले जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell