PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

आँधीखोलामा फेरि एमालेको पकड, अध्यक्षमा विश्वनाथ र उपाध्यक्षमा सीता निर्वाचित



पहिलोपोस्ट

आँधीखोलामा फेरि एमालेको पकड, अध्यक्षमा विश्वनाथ र उपाध्यक्षमा सीता निर्वाचित

काठमाडौं : स्याङ्जाको आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। एमालेका विश्वनाथ पौडेलले नेपाली कांग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन्।

पौडेलले पाँच हजार १७७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका पौडेलले चार हजार ३५१ मत प्राप्त गरेका छन्।

यस्तै, उपाध्यक्षमा एमालेको सीता थापा निर्वाचित भएकी छिन्। उनी पाँच हजार २७३ मतले विजयी हुँदा प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का रामप्रसाद पौडेलले तीन हजार ८१७ मत प्राप्त गरे।

वडा रहेको गाउँपालिकाको १, २, ४ र ५ मा एमालेका उम्मेदवार विजयी भएका छन्। ३ र ६ वडामा कांग्रेसका अध्यक्ष निर्वाचित भएका छन्।

१६ हजार २५० मतदाता रहेको आँधीखोलामा १० हजार ८२५ ले मतदान गरेका थिए। २०७४ को स्थानीय तह निर्वाचनमा आँधीखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा एमाले विजयी भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell