PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

पाल्पाको रामपुर नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी



पहिलोपोस्ट

पाल्पाको रामपुर नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

बुटवल : पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

नगर प्रमुखमा कांग्रेसका रमण बहादुर थापा नेकपा (एमाले)का शिव अर्याललाई पराजित गर्दै विजयी भएका छन्। थापाले १० हजार ४५६ मत प्राप्त गरी विजयी हुँदा अर्यालले १० हजार ८३ मत प्राप्त गरे। थापा २०७४ को स्थानीय तह निर्वाचनमा पनि प्रमुखमा निर्वाचित भएका थिए।

यस्तै, उपप्रमुखमा कांग्रेसकै बालकुमारी थापा विजयी भएकी छन्। थापाले १० हजार ३०७ मत ल्याएर विजयी हुँदा एमालेकी दुर्गादेवी रानाले १० हजार २५० मत ल्याइन्।

१० वटा वडा रहेको रामपुरमा ७ वटा वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने ३ वटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell