PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

धनुषाको औरही गाउँपालिका अध्यक्षमा एमालेका उमाशंकर विजयी



पहिलोपोस्ट

धनुषाको औरही गाउँपालिका अध्यक्षमा एमालेका उमाशंकर विजयी

जनकपुरधाम : धनुषाको औरही गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्।

अध्यक्षमा एमालेका उमाशंकर प्रसाद साह निर्वाचित भएका छन। साह ३३२६ मत ल्याएर निर्वाचित भएका हुन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ब्रह्मदेव यादवले २९२३ मत ल्याए।

त्यस्तै, उपाध्यक्षमा एमालेकी पुनम कुमारी साह २९४९ मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसको रिंकी कुमारी मण्डलले २७९० मत ल्याइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell