PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

अडियो काण्डले तात्यो पोखराको राजनीति : छानविन समिति बनाउँदै एमाले



पहिलोपोस्ट

अडियो काण्डले तात्यो पोखराको राजनीति : छानविन समिति बनाउँदै एमाले

पोखरा : नेकपा एमाले कास्कीले सोमवार सार्वजनिक भएको अडियाेप्रति ध्यानाकर्षण भएको जनाएको छ। एमाले कास्की कार्यालयले विज्ञप्ति जारी गर्दै सो घटनाको बारे सत्यतथ्य पत्ता लगाउन छानविन समिति बनाउने जनाएको छ।

अडियो साम्रागी बाहिर ल्याएका र निर्माणमा संलग्न रहेका व्यक्तिमाथि पार्टीले निगरानी राखेको पनि विज्ञप्तिमा उल्लेख छ।

‘पार्टी जीवनमा यस्ता गतिविधिहरू किमार्थ स्वीकार्य हुन सक्दैनन्। यी सबै घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउन पार्टीले छानबिन समिति नै बनाएर यथाशीघ्र निचोड निकाल्ने छ,' विज्ञप्तिमा भनिएको छ, 'त्यसक्रममा पार्टीले आन्तरिक जीवनमा कारबाहीको प्रक्रिया अगाडि बढाउने र कतिपय विषयहरुलाई राज्यका निकायहरू मार्फत् उपचार खोजिने प्रतिवद्धता व्यक्त गर्दछौं।’

त्यस्तै पार्टीले यसमा संलग्न रहेकालाई कारवाही गर्ने पनि जनाएको छ।

‘पार्टी र नेतृत्वमाथि हिलो छ्याप्ने यस्ता कार्यमा संग्लग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन कुनै कसुर बाँकी नराख्ने विश्वास दिलाउन चाहन्छौं,' विज्ञप्तिमा उल्लेख छ।

के पोखराको मेयर उम्मेदवार कृष्ण थापालाई हराउन एमालेकै कार्यकर्ता लागेका हुन्? अडियो बाहिरिएसँगै उठ्यो प्रश्न



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell