
वीरगंज : मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगंजमा नेकपा (एमाले)ले खाता खोलेको छ। वीरगंजमा मंगलवार बिहान एमालेले वडा नम्बर ३१ बेल्वामा ‘क्लिन स्विप’ गर्दै खाता खोलेको हो।
वडा नम्बर ३१ को वडाध्यक्षमा १३०७ मत ल्याएर एमालेका जितेन्द्र यादव निर्वाचित भएका छन्। वडाध्यक्षमा जसपाका सुलेमान अन्सारीले १२७३ मत पाए।