PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

बालेनको अग्रता दोब्बर, सुनिता त रामेश्वर भन्दा ७ हजार बढी मतले अघि



पहिलोपोस्ट

बालेनको अग्रता दोब्बर, सुनिता त रामेश्वर भन्दा ७ हजार बढी मतले अघि

काठमाडौं : काठमाडौं महानगरपालिका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ९ हजार ४ सय ९९ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी  नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ५ हजार १ सय ९६ मत ल्याएको निर्वाचन आयोगले जानकारी दिएको छ। नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ५ सय ४० मत ल्याएकी छिन्। वडा नम्बर १,२,३,४,५,६,७,३०,३१ र ३२ को मत गणनाको परिणाम अनुसार बालेन अग्र स्थानमा रहेका हुन्। १ र २ नम्बर वडाको गणना सकिएको छ भने बाँकी वडाहरुको जारी छ। 

उप प्रमुखमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ९ हजार ८ सय १५ मत ल्याएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २ हजार ७ सय ८४ मत ल्याएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell