PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

कलैयामा एमालेका विनोद प्रसाद साहको फराकिलो अग्रता



पहिलोपोस्ट

कलैयामा एमालेका विनोद प्रसाद साहको फराकिलो अग्रता

वीरगंज : बाराको सदरमुकाम कलैया उपमहानगरपालिकाको प्रमुख पदमा लगातार नेकपा (एमाले)ले अग्रता लिइरहेको छ। प्रमुखमा एमालेका विनोद प्रसाद साह २७ सय ४७ मतले नेपाली कांग्रेसका राजेश राय यादवभन्दा अघि छन्।

साहले ७ हजार ३ सय मत ल्याएका छन् भने बारा कांग्रेसका सभापति समेत रहेका यादवले ४ हजार ५ सय ५३ मत ल्याएका छन्।

त्यसैगरी, उपमेयरमा सत्तारुढ गठबन्धन अन्तर्गतको जनता समाजवादी पार्टी नेपाल (जसपा)का प्रमोद प्रसाद गुप्ताले ५ हजार ४ सय ५० मत र एमालेकी उपमेयरकी उम्मेदवार रौशन परविनले ४ हजार ५ सय ५८ मत ल्याएकी छन्।

कलैया वडा नम्बर १ मा एमालेका मोहन बहादुर क्षेत्री ९ सय २८ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका नन्दन गुप्ताले ५८० मत पाए।

त्यसैगरी, कलैयाको वडा नम्बर २ मा कांग्रेसका राजेश कुमार महतोले ७५६ मत ल्याई वडाध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेशकुमार पटेलले ७१८ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell