PahiloPost

Oct 15, 2024 | २९ असोज २०८१

बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी



रासस

बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

अध्यक्षमा तप्तबहादुर पौडेलले १० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए।

उनका अनुसार पौडेलका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का पट्टु थारुले ९ हजार २९२ र नेकपा (एमाले)का रामदास थारुले ९ हजार १४० मत प्राप्त गरेका छन्। यसैगरी, थारुकी निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)की चमेली बागवलले ९ हजार ३४१ र माओवादी केन्द्रकी मञ्जु रोकायाले ८ हजार ७९३ मत प्राप्त गरेका छन्।

सो पालिकामा एमालेले पाँच, राप्रपा एक र माओवादी केन्द्र तीन वडामा विजयी भएका छन्। कुल ३२ हजार ९६७ खसेको मतमा करिब सात प्रतिशत अध्यक्ष र उपाध्यक्षमा बदर भएको निर्वाचन अधिकृत केसीले जानकारी दिए।

जानकी र बैजनाथमा मतगणाना रोकियो

बाँकेको जानकी र बैजनाथ गाउँपालिकामा मतगणना कार्य रोकिएको छ। जानकी गाउँपालिकामा मतगणनामा खटिएका कर्मचारीले मतपरिणाम लुकाएको भन्दै विवाद भएको थियो। सो गाउँपालिकाका निर्वाचन अधिकृत वासुदेव शर्माले मतगणनामा विवाद भएकाले केहीबेरदेखि मतगणना रोकिएको जानकारी दिए।

त्यस्तै, बैजनाथ गाउँपालिकामा पनि मतगणनामा विवाद भएकाले रोकिएको जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell