PahiloPost

Jun 16, 2026 | २ असार २०८३

चुलाचुली गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी, उपाध्यक्षमा एमाले



रासस

चुलाचुली गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी, उपाध्यक्षमा एमाले

मङ्गलबारे : इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरुङ विजयी भएका छन्। नेकपा (एमाले)का ओम नारायण खनाललाई दुई हजार ८९५ मतान्तरले पछि पार्दै उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

केरुङले ६ हजार ६५० मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी खनालले ३ हजार ७५५ मत ल्याएका छन्। यसैगरी, नेकपा (एकीकृत समाजवादी)का नारायण लावतीले ५०५ मत ल्याए।

त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले)की दिलकुमारी लिम्बू (लावती)ले चार हजार ४५० मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का सुकबहादुर लावतीले तीन हजार ४४२ मत ल्याएका छन्।

सो गाउँपालिकामा कुल १८ हजार ५८० मतदातामध्ये १२ हजार ८९४ मत खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell