PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धन विजयी



रासस

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धन विजयी

फुङ्लिङ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का मानबहादुर राई र उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया(बन्दना) विजयी भएका छन्।

राई तीन हजार ८५ मतका साथ अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदीप राईले दुई हजार ३८२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। उनीहरुको ७०३ मतको मतान्तर रहेको छ।

उपाध्यक्षमा गठबन्धनतर्फ माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरीया (बन्दना) एक मतान्तरले विजयी भइन्। कडरियाले दुई हजार ३७६ र स्वतन्त्र उम्मेदवार जीवन कुमार ताम्लिङले दुई हजार ३७५ मत प्राप्त गरे।

कडरीया माओवादी केन्द्रबाट अघिल्लो पटक सोही पालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। ताम्लिङले गठबन्धनको निर्देशन नमानेको र पार्टीले कारबाही गरेसँगै उनी स्वतन्त्र रुपमा उम्मेदवार बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell