
कैलाली : कैलालीको बर्दगोरीया गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षका साझा उम्मेदवार नेपाली कांग्रेसका शेरबहादुर कठरियालाई पराजित गर्दै नेकपा (एमाले)का कर्णबहादुर कुँवर विजयी भएका छन्।
कुँवरले ५ हजार ८४२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कठरियाले ४ हजार १८६ मत ल्याएका छन्।
उपाध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गणेशराज गिरी विजयी भएका छन्। गिरीले ४ हजार ५६९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी एमालेकी इन्दु कठरीयाले ४ हजार २५५ मत मत ल्याइन्।