PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

पाल्पाको रैनादेवी छहरामा कांग्रेसका भट्टराई र माओवादीका थापा निर्वाचित



रासस

पाल्पाको रैनादेवी छहरामा कांग्रेसका भट्टराई र माओवादीका थापा निर्वाचित

रामपुर : पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रुक्मागत भट्टराई र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का युवराज थापा विजयी भएका छन्।

अध्यक्षमा विजयी भएका कांग्रेसका भट्टराईले छ हजार ६४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का रामबहादुर राउतले छ हजार १४५ मत प्राप्त गरे।

उपाध्यक्षमा माओवादी केन्द्रका युवराज थापाले छ हजार ३०७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी एमालेकी गीता भट्टराई घिमिरेले पाँच हजार ७६१ मत प्राप्त गरेकी छन्।

आठ वडामध्ये सिद्देश्वर र भुवनपोखरीमा माओवादी केन्द्रका वडाध्यक्ष विजयी भए। यस्तै, नेकपा एमाले छहरा र सत्यवतीमा विजयी भएको छ भने सोमादी, मुझुङ, जुठापौवा, बल्ढेङगढीमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन्। यहाँ २०७४ को निर्वाचनमा कांग्रेस छ वडामा विजयी भएको थियो भने माओवादी र एमाले एक/एक वडामा विजयी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell