PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

पर्वतको महाशिला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी



रासस

पर्वतको महाशिला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पर्वत : पर्वतको महाशिला गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ। अध्यक्षमा एमालेका ईश्वरी प्रसाद भुसालले २७४३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी अशोक उच्चै ठकुरीले २३०६ मत ल्याएका छन्।

उपाध्यक्षमा विजयी धनसुवा विकले २७०६ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का वीराज हमालले १९६९ मत ल्याए।

महाशिलाका छ वटा वडामध्ये वडा नम्बर ५ लुङ्खुदेउरालीमा कांग्रेस विजयी भएको छ भने बाँकी सबै वडामा एमाले प्यानलसहित विजयी भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell