PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

काठमाडौं महानगरमा बालेन साहको अग्रता कायमै, उपप्रमुखमा सुनिताको मत प्रतिस्पर्धीको भन्दा ८ हजारले बढी



पहिलोपोस्ट

काठमाडौं महानगरमा बालेन साहको अग्रता कायमै, उपप्रमुखमा सुनिताको मत प्रतिस्पर्धीको भन्दा ८ हजारले बढी

काठमाडौं : पछिल्लो मत परिणाम अनुसार काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले आफ्नो अग्रता कायम राखेका छन्।

उनले ११ हजार ४ सय ७७ मत ल्याएका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६ हजार २ सय ९० मत ल्याएर दोस्रो स्थानमा छन्। नेपाली काँग्रेसकी उम्मेदवार सृजना सिंहले ५ हजार ४ सय ९२ मत ल्याएकी छिन्। अहिले काठमाडौँका ३२ वडामध्ये वडा नम्बर ३,४,५,६,२९,३०,३१ र ३२ को मतगणना भइरहेको छ।

त्यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ११ हजार ३ सय २५ मत ल्याएर पहिलो स्थानमा छिन्। उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार ३ सय १६ मत मात्र पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell