PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

दैलेखको नारायण नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित



पहिलोपोस्ट

दैलेखको नारायण नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित

दैलेख : दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। एमालेका लोमन शर्माले गठबन्धनबाट प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका निर्मलाकुमारी खड्का थापालाई ७९ मतान्तरले पराजित गरेका हुन्।

प्रमुखमा निर्वाचित शर्माले पाँच हजार ४३६ मत प्राप्त गरेका छन्। थापाले पाँच हजार ३५७ मत प्राप्त गरिन्।

उपप्रमुखमा एमालेकी तप्ताकुमारी खड्काले गठबन्धनकै उम्मेदवार नेकपा (एकीकृत समाजवादी)को सावित्री मल्ललाई एक हजार ८३५ मतान्तरले पराजित गरिन्। उपप्रमुखमा निर्वाचित खड्काले पाँच हजार ६७३ मत प्राप्त गरेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell