PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

युगाण्डासँग नेपालको लगातार दोस्रो हार



पहिलोपोस्ट

युगाण्डासँग नेपालको लगातार दोस्रो हार
तस्बीर : क्यान

काठमाडौं: नेपाल र युगाण्डाबीच जारी टी २० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा पनि नेपाली महिला टोलीले पराजय ब्यहोरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा युगाण्डाले नेपालमाथि १ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको युगाण्डाले अन्तिम बल बाँकी छँदा ९ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

नेपालका लागि बिन्दु रावलले सर्वाधिक २६ रन बनाउँदा सरिता मगरले २२ रनको योगदान दिइन्। त्यस्तै कप्तान रुबिना क्षेत्रीले १७ रन बनाइन्।

बलिङतर्फ युगाण्डका जेनेट एम्बाजीले २ विकेट लिँदा इभेलिन् एनिपो, कोन्की अवेको र रिता मुसमालीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको युगाण्डाले रिता मुसमालीको सर्वाधिक ३० रनको सहायतामा लक्ष्य पुरा गर्‍यो। त्यस्तै फ्राङ्कलिन नजुम्बाले १९ रन बनाउँदा जेनेट एमबाजीले १६ रन बनाए।

बलिङतर्फ नेपालका कविता कुँवर र सबनम राईले समान २ विकेट लिँदा सीता राना मगर र रुबिना क्षेत्रीले समान १ विकेट लिए।

पहिलो खेलमा पनि नेपालले १२ रनको हार ब्यहोरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell