PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

जनकपुरमा गठबन्धनको 'छाता' भन्दा घण्टाघर र आँपलाई बढी मत, मनोजको अग्रता कायमै



पहिलोपोस्ट

जनकपुरमा गठबन्धनको 'छाता' भन्दा घण्टाघर र आँपलाई बढी मत, मनोजको अग्रता कायमै

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ। ताजा मत परिणाम अनुसार मनोज (घण्टाघर)ले ३ हजार ५१० मत ल्याएर अग्रता कायम राखेका छन्।

उनलाई एमालेका शिवशंकर साह ‘हिरा’ले १ हजार ५११ मत ल्याएर पछ्याइरहेका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार बलराम महतो (आँप)ले १ हजार ५ मत ल्याएका छन्।ग ठबन्धनबाट उम्मेदवार बनेका लाल किशोर साह (छाता) ले भने ४२९ मत ल्याएका छन्। साह निवर्तमान मेयर समेत हुन्।

उपमेयरमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरी साहले ३ हजार ४४२, नेकपा एमालेकी रूणा झाले १ हजार ७३७ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले १ हजार ११० मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell