PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको जित



रासस

हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको जित

सिमकोट : हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रेम लामाले जित हासिल गरेका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसका तकदिर लामा विजयी भएका छन्।

अध्यक्षमा लामा एक हजार ४६६ मतका साथ विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६६२ मत प्राप्त गरे।

त्यसैगरी, उपाध्यक्षमा लामाले एक हजार ९४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी लाक्पानुर्बु लामाले ५६५ मत ल्याए।

तीन हजार १८२ मत रहेको नाम्खामा दुई हजार ३७१ मत खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell