PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आगामी बजेट समाजवाद उन्मुख र आर्थिक रुपान्तरणका लागि हुनेछ : अर्थमन्त्री शर्मा



पहिलोपोस्ट

आगामी बजेट समाजवाद उन्मुख र आर्थिक रुपान्तरणका लागि हुनेछ : अर्थमन्त्री शर्मा

काठमाडौं : बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश भएको छ। मंगलबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेश गरेका हुन्।

बजेटको सिद्धान्त र प्राथमिकता अर्थ मन्त्रालयले चुनावअघि नै तयार गरेको थियो। विधेयक पेश गर्दै मन्त्री शर्माले अर्थतन्त्र लयमा फर्किएको बताएका छन्।

उनले भने, 'आन्तरिक उत्पादन घट्दै जानु र आयात बढ्दै जानु वर्तमान अर्थतन्त्रको चुनौति हो। अबको बजेट आयात घटाउनमा केन्द्रित हुनेछ।'

साथै, आगामी आर्थिक वर्षको बजेट समाजवाद उन्मुख र आर्थिक रुपान्तरणका लागि हुने पनि मन्त्री शर्माको भनाइ छ।

बजेटको सिद्धान्तमा स्थानीय पूर्वाधार निर्माणका लागि अधिक बजेट खर्चिने उल्लेख छ। कुल राजस्वमा आन्तरिक राजस्वको हिस्सा बढाउँदै लैजाने पनि शर्माले उल्लेख गरे।

जेठ ७ गते संसदमा नीति तथा कार्यक्रम र जेठ १५ गते बजेट प्रस्तुत हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell