PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सङ्खुवासभाको मादी नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी



रासस

सङ्खुवासभाको मादी नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी

किमाथाङ्का : सङ्खुवासभाको मादी नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। मादी नगरपालिका प्रमुखमा एमालेका जीवन लिङ्थेप चार हजार ३३१ मत ल्याएर विजयी भएका हुन्।

आज दिउँसो सार्वजनिक अन्तिम मत परिणामअनुसार प्रमुख लिङथेपले १६ सय ५५ मत अन्तरले नेकपा (माओवादी केन्द्र)का दावाछत्र शेर्पालाई पराजित गरेका छन्। शेर्पाले दुई हजार ६७६ मत ल्याए।

त्यस्तै, उपप्रमुखमा एमालेकै सुनितादेवी भट्टराई विजयी भएकी छन्। कांग्रेसका पासाङ्ग शेर्पालाई ८८२ मत अन्तरले पछि पार्दे उपप्रमुख भट्टराई उपप्रमुख पदमा विजयी भएकी हुन्।

भट्टराई चार हजार ११० मत ल्याएर विजयी भएकी हुन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका पासाङ शेर्पाले तीन हजार २२८ मत पाए। मादी नगरपालिकामा यसअघि पनि प्रमुख उपप्रमुख नै एमालेले जितको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell