PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

विदेह प्रमुखमा वेचन दास निर्वाचित, प्रतिद्वन्द्वीले माला लगाएर दिए बधाई



पहिलोपोस्ट

विदेह प्रमुखमा वेचन दास निर्वाचित, प्रतिद्वन्द्वीले माला लगाएर दिए बधाई

काठमाडौं : धनुषाको विदेह नगरपालिकामा मेयरमा नेकपा एमालेका वेचन दास तत्मा र उपमेयरमा आशा झा निर्वाचित भएका छन्।

दास ४ हजार ४१२ मत ल्याई निर्वाचित भएका हुन् भने प्रतिद्वन्द्वी राज किशोर रोहिता यादवले ३ हजार ४२६ मत ल्याएका छन्।

त्यस्तै, उपमेयरमा एमालेकी झाले ४ हजार ६५९ मत ल्याई निर्वाचित भईन्। प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी संजना अधिकारीले २ हजार ८७० ल्याएकी छन्।

निर्वाचित भएकाहरुलाई प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका राजकिशोर यादव रोहिताले माला लगाएर बधाई दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell