PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

राष्ट्रियसभामा पेस भयो रेलवे अध्यादेशसहित ८ वटा अध्यादेश



पहिलोपोस्ट

राष्ट्रियसभामा पेस भयो रेलवे अध्यादेशसहित ८ वटा अध्यादेश

काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा आठवटा अध्यादेश पेस गरिएको छ। बैठकमा गृहमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ ले अध्यादेश पेस गरेका हुन्।

उनले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश, २०७८ पेस गरेका थिए।

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको तर्फबाट उनले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ लाई पनि सभासमक्ष पेस गरेका थिए।

शर्माले नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको तर्फबाट रेलवे अध्यादेश, २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ र यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश,२०७८ लाई पनि पेस गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell