PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

स्थापितभन्दा ४८७७ मत बढी ल्याउँदै बालेनको अग्रता, सिर्जना सिंहले कति पाइन् मत?



पहिलोपोस्ट

स्थापितभन्दा ४८७७ मत बढी ल्याउँदै बालेनको अग्रता, सिर्जना सिंहले कति पाइन् मत?

काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रतालाई निरन्तरता दिएका छन्।

२९ हजार ३५३ मत गणना हुँदा बालेनले ११ हजार ४२ मत पाएका छन्। यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६ हजार १६५ मत, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) ले ५ हजार ३८५ मत पाएकी छिन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठले १ हजार २ मत पाउँदा स्वतन्त्र उम्मेदवार सुमन सायमिले ७८५ मत पाएका छन्। १ हजार ४९ मत बदर भएको छ।

काठमाडौं महानगरको ३२ वडा मध्ये दुईवटामा एमालेले जित हासिल गरिसकेको छ। बाँकी ३० वटा वडामा वडा ३, ४,५,६, २९, ३१ र ३२ मा मतगणना जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell