PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

सुनिताले पपुलर मत ल्याउने क्रम जारी, रामेश्वरभन्दा ८ हजार मतले अघि



पहिलोपोस्ट

सुनिताले पपुलर मत ल्याउने क्रम जारी, रामेश्वरभन्दा ८ हजार मतले अघि

काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा नेकपा (एमाले)की उम्मेदवार सुनिता डंगोलले अग्रतालाई बढाएकी छिन्।

राष्ट्रिय सभागृहमा २९ हजार ३५३ मत गणना हुँदा सुनिताले ११ हजार ४८५ मत पाएकी छिन्। यस्तै, सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) ले ३ हजार ३८७ मत पाएका छन्।

१ हजार ४९ मत बदर भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार बिनिता मगैयाले २ हजार ७६ मत पाउँदा आँखी झ्याल चुनाव चिह्नमा निर्वाचन लडेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ९०८ मत पाएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell