PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

वीरगंज वडा नम्बर ३० को वडाध्यक्षमा जसपाका मनोज कुमार यादव विजयी



पहिलोपोस्ट

वीरगंज वडा नम्बर ३० को वडाध्यक्षमा जसपाका मनोज कुमार यादव विजयी

वीरगंज : वीरगंज महानगरपालिकामा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले तेस्रो जित हात पारेको छ।

महानगरपालिकाको वडा नम्बर ३० मा वडाध्यक्षका उम्मेदवार विजयी भएसँगै जसपाले वीरगंजमा तेस्रो जित हात पारेको हो। यसअघि वीरगंजको वडा नम्बर १ र ३२ मा जसपाका वडा अध्यक्षका उम्मेदवार विजयी भइसकेका छन्।

मंगलवार अपराह्न सम्पन्न वीरगंज महानगर वडा नम्बर ३० को अन्तिम मतगणनाअनुसार जसपाका मनोज कुमार यादव विजयी भएका हुन्। ६ सय ४१ मत प्राप्त गरेका यादवले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारलाई ५५ मतले पराजित गर्दै विजयी भएको प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell