विराटनगर : विराटनगर महानगरपालिका प्रमुख पदका नेपाली कांग्रेसका प्रत्याशी नागेश कोइरालाले २ हजार ८१६ मतको अग्रता हासिल गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले पछिल्लो समय घोषणा गरेको परिणाम अनुसार महानगरका ३१ हजार ४०५ मतको गणना गर्दा नागेशले ९ हजार ८८२ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापाले ७ हजार ६६ मत प्राप्त गरेका छन्।
हालसम्मको गणनामा प्रमुख पदका स्वतन्त्र उम्मेदवार उमेश यादव तेस्रो स्थानमा छन्। उनले ३ हजार २३७ मत ल्याएका छन्।
त्यस्तै उपप्रमुखमा नेकपा एमालेका शिल्पा निराला कार्कीले ८ हजार ६९० मत ल्याई आफ्नो अग्रतालाई स्थिर राखेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट प्रत्याशी अमरेन्द्र यादवले ५ हजार ४०६ मतहासिल गरेका छन्।
उपप्रमुख पदमा हालसम्म तेस्रो स्थान हासिल गर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका विन्दा कुमारी लुइँटेल आचार्य छन्। आचार्यले २ हजार ५२७ मत प्राप्त गरेकी छन् ।
महानगरका १ लाख ३३ हजार १४२ मतदातामा ८९ हजार ७८९ जनाले भोट दिएका थिए।
महानगरका १९ वटा वडामा ६ वडाको परिणाम आइसकेको छ। जसअनुसार १, २ र १९ नम्बरमा एमाले, १६ मा नेपाली कांग्रेस, १७ मा जसपा र १८ मा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष पदमा विजय हासिल गरेका छन्।